दफा २१ग
विदेशी पेटेण्ट, डिजायन र टेडमार्कको दर्ता
विदेशमा दर्ता भएको पेटेण्ट, डिजायन र टेडमार्कको प्रमाणपत्र साथै राखी दर्ताको लागि विभागमा निवेदन दिएमा विभागले त्यस्तो पेटेण्ट,
डिजायन र टेडमार्क सम्बन्धमा जाँचबुझ नगरीकनै पनि दर्ता गर्न सक्नेछ र त्यस्तो दर्तावालालाई विभागले औद्योगिक सम्पत्तिक संरक्षण गर्ने सम्बन्धमा सन् १८८३ मा सम्पन्न भएको पेरिस महासन्धि अनुसार ग्राह्यता मितिको सहुलियत प्रदान गर्नेछ ।